वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकका असल ऋणीलाई ग्रिन कार्ड

अर्थटुडे
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असल ऋणीलाई पहिचाहन स्वरुप ग्रिन कार्ड वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को योजना तथा बजेट निर्माण गर्दै यस्तो योजना अघि सारेको हो ।

बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने र व्यवसाय योजना तयार गरी परामर्श दिने लगायतका काम गर्ने समेत योजना अघि सारेको छ ।

राष्ट्रिय सहकारी बैंक आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पुँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।
समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरुलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरुको एकीकरणलाई प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम वैठकले तय गरेको छ ।

बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरुमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

समिक्षा वैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरुले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गरेका थिए । शाखा प्रमुखहरुले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ