काठमाडौं । काठमाडौं जिल्ला बचत तथा सहकारी संघ कास्कुनले अध्यक्ष दीपक पनेरुको विषयमा आएका समाचारको बचाउ गर्दै विज्ञप्ती जारी गरेको छ ।
संघिय सहकारी ऐन र संघिय ऐन विपरित पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचार प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको हो ।
तर, संघका सचिव सालिकराम पुडासैनीद्धारा जारी गरेको विज्ञप्तीमा भने समाचारको विषय भने स्पष्ट रुपमा कोट गरिएको छै । विज्ञप्तीमा संघका गतिविधि सहकारी मूल्य मान्यता अनुरुप भएको र अग्रजहरुले तय गरेको विधि प्रक्रिया अनुसार नै चलेको दावी गरिएको छ ।
संघिय ऐन र प्रदेश सहकारी ऐनको व्यवस्था अनुसार कुनै पनि व्यक्ति दुई संघको संचालकमा बस्न पाइदैन । यहि व्यवस्थाको उल्लंघन पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) दोहोरो जिम्मेवारी छन् । नेफ्स्कूनको संचालक रहदै कास्कुनको अध्यक्षमा निर्वाचित भएका उनी पुनः नेफ्स्कूनको कोषाध्यक्षमा समेत निर्वाचित भए ।
वाग्मती प्रदेशको सहकारी ऐनको दफा ७ मा ‘कुनै तल्लो तहको सहकारी संघको सञ्चालक माथिल्लो तहको संघमा निर्वाचित भएमा तल्लो तहको सहकारी संघको सञ्चालक तत्काल छा्ड्नुपर्छ’ भन्ने उल्लेख छ ।
अध्यक्ष पनेरु भने सहकारी संघहरुमा धेरै पदाधिकारीहरुको दोहोरो पद रहेकाले सबैले पद छोडेमा आफु पनि छाड्न तयार रहेको बताउछन् ।
ऐन विपरित दोहोरो पद लिएका व्यक्तिलाई अहिलेसम्म संघिय र प्रादेशिक विभागले कुनै कारवाही गरेको छैन ।
कारवाहीबाट बच्नकै लागि कास्कुनले केहि समय अघि वाग्मती प्रदेशका रजिष्टार बिक्रम पाण्डेलाई सम्मान गरेको सहकारी क्षेत्रमा चर्चा छ ।
प्रतिक्रिया