काठमाडौ । विश्वभर रहेका सहकारी पत्रकारहरु एक आपसमा कनेक्ट हुनका लागि एउटा विश्वव्यापी साझा फोरम बनाउनुपर्ने सम्बन्धीत क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।
शनिबार नेपाल सहकारी पत्रकार समाजद्धारा आयोजना गरिएको ‘कोभिड १९ र पत्रकारिता ’ विषयक भर्चुअल कार्यक्रममा उनीहरुले विश्वभरका सहकारी पत्रकारहरु एकैठाउँमा भेला हुने खालको विश्वव्यापी नेटवर्क बनाउन जरुरी रहेको बताएका हुन् ।
उनीहरुले सहकारी क्षेत्रको समस्या, अवसर र आगामी बाटोको को विषयमा अन्तराष्ट्रि सहकारी सन्जाल (आइसीए)सँगै काम गर्न र आफ्ना कुराहरु राख्नका लागि पनि एक सन्जाल आवश्यकता भएकोले सन्जाल गठन गर्नुपर्ने विभिन्न देशका पत्रकारहरुले बताएका हुन् ।
हेर्नुहोस् भर्चुअल कार्यक्रममा उनीहरुले बोलेका विषय जस्ताको तस्तै
सहकारी म्यागाजिनलाई डिजिटल गर्दा रेभिन्युको समस्या हुन्छ
आन्का भोयना
सुरुमा जव मैले सहकारी पत्रकारिता सुरु गरे त्यतिवेला मलाई थाहा थिएन सहकारी भनेको के हो भन्ने बारे । जव मैले मेरो जागिर सुरु गरे तव मैले सहकारीको विजनेश मोडलहरु बारेमा अध्ययन गरे । यसले सहकारीका सदस्यहरुलाई कसरी फाइदा पुर्याइरहेको छ भन्ने बारेमा अध्ययन गरे । म म्यानचेस्टरमा बस्ने गरेको छु । यहाँ सहकारीहरु धेरै राम्रा छन् । म लर्निड प्रोसेसमा नै छु । बेलायतमा ‘कोअपरेटिभ न्युज’ नामक म्यागाजिन मात्रै छ जुन सधै सहकारीका समाचारहरु प्रस्तुत गरिरहेको छ । अरु पत्रिकाहरुले कहिले काही मात्र सहकारीका समाचारहरु प्रस्तुत गर्ने गरेका छन् ।
यो सहकारी म्यागाजिन सन् १८७१ मा युकेको रिटेल सेक्टरले स्थापना गरेको हो । कोअपरेटिभ न्युज बेलायतमा फोकस भएर समाचार प्रकाशित गरिरहेको म्यागाजिन हो । तर पछिल्लो समयमा यसले आफ्नो दायरा विस्तार गर्दै लगिरहेको छ र देश बाहिर पनि गइरहेको छ ।
विषेशगरी यो म्यागाजिनले युकेको को अपरेटिभ सेक्टरमा के भइरहेको छ भनेर समाचार लेख्ने गरेको छ । कहिलेकाही हामी अरु देशको रिपोर्टहरु पनि लेख्ने गरेका छौ । हामीलाई सधै अन्य देशको सहकारीको अवस्था कस्तो छ के हुदै छ ? भन्ने विषयमा चासो लागिरहन्छ । पछिल्लो समयमा हाम्रो म्यागाजिनले पनि विभिन्न देशका सहकारी समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशित गरिरहेका छौ । विभिन्न देशमा हाम्रो म्यागाजिनको माग पनि भइरहेको छ ।
कोरोनाका कारण अव के हुन्छ भन्ने हामीलाई थाहा छैन तर पनि घरमा बसेर विभिन्न को अपरेटरहरुसँग सम्पर्क गरेर काम गरिरहेका छौ । हाम्रा व्यक्तिगत ग्राहकहरु पनि छन् र बन्न पनि सक्छन् विश्वका कुनैपनि देशबाट । अर्को बर्ष हामी १५० बर्ष पुग्छौ । अर्को बर्षदेखि हामी केही नयाँ गर्ने सोचमा छौ ।
कोरोनाको कारण धेरै मानिसहरुले हामीलाई अनलाईनमा जानको लागि सल्लाह दिइरहेका छन् । हामी अनलाईनमा जादा हाम्रो रेभिन्यु नै आउदैन । यदी उनीहरुले अनलाईनमा फ्रि नै पढ्न पाइरहेका छन् भने किन हाम्रो म्यागाजिन किनेर पढ्छन् र ? यो हामीालाई कठिनको विषय भएको छ । यो सहकारी पत्रकारिताको लागि मात्र समस्या होइन सवैको लागि हो । तर धेरै न्यु जेनेरेसन एपमा नै पढ्न चाहन्छन् तर यो बढी महंगो हुन्छ । हामी पनि डिजिटलमा जाने प्रयास गरिरहेका छौ ।
नेपालमा सहकारी पत्रकारिता फस्टाएको छ
राजेश खनाल
नेपालको सहकारी आन्दोलन ६० बर्षअघिदेखि सुरु भएको हो । नेपालमा सहकारी पत्रकारितालाई मेन स्टीम पत्रकारिताका रुपमा लिइदैन । यो एक भाग हो । १२ बर्षअगाडी मैले काठमाडौपोष्टमा पत्रकारिता सुरु गर्दा सहकारीका समाचारहरु कभर हुदैन थिए ।
अझै पनि मेरो मुख्य विट सहकारी होइन। मैले आर्थिक विट हेर्ने गरेको छु । सुरु सुरुमा नेपालमा सहकारी क्षेत्रको विकृति मात्र पत्रपत्रिकामा हाइलाइटेड हुने गरेको थियो । तर अहिले समय फरक रहेको छ । पछिल्लो समय सहकारी अभियान पनि बलियो हुदै आएको छ । मानिसहरु पनि शिक्षित हुदै आएका छन् । मानिसहरु कमाउनका लागि विदेश गएका छन् ।
उनीहरुले पठाउने रेमिट्यान्सका कारण उनीहरुको आयमा पनि बढोत्तरी भएको छ । त्यसैले उनीहरुले सहकारी आवश्यकता हो भनेर बुझिरहेका छन् । करिव एक दशकको समयमा सहकारी क्षेत्रमा र सहकारी पत्रकारितामा नै धेरै परिवर्तन भएको हामी देख्न सक्छौ । सहकारीका धेरै राम्रा कामहरु पनि बाहिर आइरहेका छन् । अझै पनि मेन स्ट्रीम मिडियाले सहकारी सम्बन्धीत समाचारलाई मान्यता दिदैनन् ।
पछिल्लो समयमा अनलाईनहरुले सवैभन्दा बढी सहकारी सम्बन्धीत राम्रा समाचारहरु प्रकाशित गरिरहेका छन् । विदेशमा काम गर्न गएकाहरु नेपालमा आएर कृषि सहकारी खोलेर काम गरिरहेका छन् । तर पनि छापा माध्यमले भने अझै पनि सहकारीका समाचारलाई खासै वास्ता गर्दैनन् । कहिलेकाही मात्र सहकारीका समाचारहरु प्रकाशित गरिरहेका छन् । तर सहकारी पत्रकार समाज गठनपछि सहकारी अभियान पनि विस्तारै व्यवस्थित हुदै गएको छ । किनकी समाजले सहकारी अभियान, जनता र सरकारविच पुलको काम गरिरहेको छ ।सहकारी पत्रकार समाजले पछिल्लो समयमा सहकारी सम्बन्धी धेरै जुम मिटिङहरु गर्यो । अहिले समाज नेपालमा परिचित छ । समाजलाई सरकार र सहकारी क्षेत्रले धेरै महत्व दिने गरेका छन् ।
सहकारीले सप्लाई साइडमा सहकारीले राम्रो काम गर्यो कोरोनाका कारण भएको लकडाउनको समयमा । सहकारीहरुले गाउ गाउमा गएर कृषि फार्मबाट तरकारी लगायतका कुराहरु शहरी क्षेत्रमा ल्याएर विक्रि गरेका थिए ।
सहकारी क्षेत्रमा मुख्य समस्या भनेको टेक्नोलोजीको हो । सहकारी क्षेत्रमा टेक्नोलोजी धेरै प्रयोग गरिएको छैन । तर उनीहरुले पनि नयाँ टेक्नोलोजी प्रयोग गर्नु आवश्यक छ। सहकारी एक मात्र त्यस्तो सशक्त माध्यम हो जसले ग्रामीण भेगमा जनतासँग काम गरेको छ ।
कोरोना महामारीलाई अवसरमा बदल्ने प्रयास गनुपर्छ
सन्जय बर्मा
सहकारी पत्रकारिता क्षेत्र वेवास्ता गरिएको क्षेत्र हो । नेपाल सहकारी पत्रकार समाजले यो इनिसेसन लिएर छलफल गर्यो यो एकदमै प्रशंसनीय काम हो । किनकी यो विषय बाहिर आउनु जरुरी छ । कोरोनाले विश्वकै अर्थतन्त्र खरावमा पारेको छ । त्यसैले म यस विषयमा धेरै बोल्न चाहन्न । सहकारी क्षेत्र कोरोनाको कारण धेरै प्रभावित भएको छैन । हामीले विभिन्न समाचारहरु पनि सुनेका छौ ।
अमुल इफ्को लगायतका विभिन्न कम्पनीहरुमा पनि अद्ष्य रुपमा कोरोनाको केही प्रभाव भइरहेको छ। तर उनीहरु अझैपनि सक्षम छन् आफ्नो कम्युनिटीमा सेवा पुर्याउनका लागि । यहाँका विजनेश र मार्केटिङ कोअपरेटिभ संस्थाहरु केही कोरोनाको कारण प्रभावित भएका छन् तर कोरोनाको प्रभावका बाबजुत उनीहरुले आफ्नो उपस्थिति मजवुत बनाइरहेका छन् ।
नेशनल कोअपरेटिभ युनियन अफ इन्डिया (एनसीयुआई) ले सहकारी क्षेत्रको वकालत निरन्तर गरिरहेको छ । एनसीयुआईले मासिक म्यागाजिन द कोअपरेटर प्रकाशित गरिरहेको छ । यो राष्ट्रिय स्तरको म्यागाजिन हो । सहकारीको छाता संगठनको मुखपत्रको रुपमा प्रकाशित हुने द कोअपरेटरलाई ।
कोरोनाले सहकारी पत्रकारितालाई ठूलो धक्का लागेको छ । कोरोना महामारीका बेलामा सहकारी पत्रकारिताको रोल ठूलो हुन्छ । हामीले यो क्राइसिसलाई कसरी अवसरमा बदल्ने भन्ने बारेमा सोच्ने समय हो । अहिलेको समयमा मानिसहरु अफीसबाट भन्दा घरबाट काम गरिरहेका छन् । त्यसैले ठूलो विषय भनेको कसरी सहकारी क्षेत्रका समाचारहरु हाइलाइट गर्ने भन्ने हो । सहकारीका सम्पुर्ण जर्नलहरु कसरी सहकारीले कोरोनाको समयमा काम गरे भन्ने तर्फ फोकस भएर काम गरिरहेका छन् । तर यस अवधिमा म्यागाजिनहरु छापिएका छैनन् । त्यसैले यो कोरोनाबाट हामीले के रियलाइजेसन गर्यौ भने जर्नल्सहरु अनलाइनमा जानु जरुरी छ ।
यो समयमा हाम्रो एमडी अध्यक्षहरुले कसरी सहकारीहरुले यस्तो अवस्थामा आफ्ना मेम्मरहरुलाई सेवा प्रबाह गर्न सक्छन् भन्ने बारेमा विभिन्न आर्टिकल्सहरु लेखेर अनलाइनमा राखे जसका कारण विभिन्न सहकारीहरुले उनीहरुको सुझावलाई आत्मसात् गरी काम गरे ।
सरकारले प्रिन्टिको कम गर्नका लागि भनिरहेको छ । डिजिटल माध्यम प्रयोगको लागि प्रोत्साहित गरिरहेको छ । इन्डियामा भने जम्मा एउटा सहकारी अनलाईन छ । जुन इन्डिया कोअपरेटिभ डट कम हो र यो निजी क्षेत्रले इन्डिपेन्डेन्ड भएर चलाएको हो । यहाँ अनलाईन न्युज पोर्टलहरु आएका छैनन् । भारतमा भने सहकारी क्षेत्रमा नै बेस बनाएर अनलाइन खोल्नको लागि ठूलो अवसर छ ।
सहकारी पत्रकारले सोसल मिडिया पनि एक्टीभ्ली चलाउनुपर्छ किनकी सहकारीहरु सोसल मिडियामा एक्टीभ देखिएका छन् । जस्तै कसरी सहकारी सम्बन्धीत पत्रपत्रिकाहरु सस्टेन् गर्न सक्छन् भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ । कोरोनाका कारण यहाँका मेन स्टीम मिडियामा काम गर्ने करिव ३० हजार पत्रकारहरुले जागिर गुमाएका छन् । यो सहकारी पत्रकारिताका लागि ठूलो अवसर पनि हुन सक्छ । उनीहरुसँग मिलेर सहकारी सम्बन्धीत समाचारहरुको नयाँ अनलाईन खोल्नका लागि ।
त्यस्तै हामीले एउटा सहकारी पत्रकारहरुको विश्वव्यापी नेटवर्क बनाउनु जरुरी छ । जहाँ सहकारी पत्रकारिताका समस्या, चुनौति र अवसरका बारेमा खुलेर छलफल गर्न सकियोस् ।
सहकारी पत्रकारहरु मिलेर सहकारी खोलेर काम गर्न सक्छन्
अनल ओर्नेक
कोरोनाका कारण टर्कीका धेरै म्यागाजिन, पत्रपत्रिकाहरु बन्द भए । त्यस्तै सोसल मिडिया पनि पत्रकारिताको लागि ठुलो चुनौति बनेर आएको छ । सहकारी अभियान विश्वभरी एकदम राम्रोसँग फैलिरहेको छ । कोरोनाको कारण विश्व आतंकित भइरहेको छ । सहकारी क्षेत्र पनि आतंकित भएको छ । यो बेलामा सहकारी पत्रकारिताको ठुलो रोल हुन्छ जनतालाई कोरोना सँगसँगै सहकारीको कामहरुका बारेमा सुचना दिन र एजुकेट गर्नको लागि ।
सहकारी पत्रकारहरु अहिले सोसल मिडियामा धेरै एकटभि हुनु जरुरी छ ।किनकी जनता सुचना चाहन्छन् । उनीहरु घरमा बसीरहेका छन् र सोसल मिडिया चलाउँछन् । पछिल्लो समयमा युवाहरु टिभि हेर्न चाहदैनन् । उनीहरु युटुभ हेर्न चाहन्छन् ।
विश्वभरका सहकारी अभियानकर्मीहरुले पनि यो बुझ्नु जरुरी छ की सहकारी पत्रकारितालाई बचाइराख्नुपर्छ । किनकी सहकारी पत्रकारिताको माध्यमबाट नै सहकारीका सुचना, आदान प्रदान गर्न सकिन्छ भने पत्रकारिताको माध्यमबाट नै सहकारीका मेम्मरलाई एजुकेट गर्न सकिन्छ ।
कोरोनाले विश्वलाई नै आतंकित बनाएको कारण हामीलाई समस्या भएको छ । यस्तो अवस्थामा सहकारी पत्रकारिता डिजिटलाइजेसनमा जानु जरुरी छ साथसाथै इनोभेटिभ पनि हुनुपर्छ ।
प्रतिक्रिया