वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तातोपानी नाका असोज १९ देखि संचालनमा आउने

अर्थटुडे
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । तातोपानी नाका यही असोज १९ गतेदेखि सन्चालनमा आउने भएको छ । दुई देशका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका सन्चालन ल्याउने निर्णय भएको हो ।

असार २५ गतेदेखि नेपालमा तातोपानी नाकाहुदै सामान भित्रिएको छैन । नेपालका व्यापारीहरुको करिव ७ देखि ८ सय ट्रकहरु चिनका भिभिन्न स्थानमा रोकिएर बसेका छन् ।

नेपालमा चैतदेखि लकडाउन भएको थियो । चैत एक महिना राम्रोसँग सामान नआएपनि बैशाखदेखि असार २४ गतेसम्म सामान निरन्तर आइरहेको थियो तर असार २४ गतेराती भएको ठूलो बर्षाका कारण बाह्रविसेदेखि लिपिङसम्मको बाटो विग्रिएको थियो ।

तातापानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भने,“भारी बर्षाका कारण भन्सार समेत खुल्न नसक्ने अवस्था आएपछि मैले नै अहिले सामान नपठाउन आग्रह गरेको हो तर बाटो बन्न झन्डै २५ दिनजति लाग्यो त्यसपछि सामान पठाउन भन्दा नेपालमा कोरोनाको संक्रमण बढ्दै गइरहेको कारण चिनमा पनि कोरोना भित्रन सक्ने भन्दै उनीहरुले सामान पठाउन मानेनन् ।”

मंगलबार भएको वार्ता अनुसार असोज १६ गते नेपालबाट सामान लिन जाने २९ जना चालक र मजदुरको पिसिआर टेष्टगरी नेगेटिभ आएको प्रमाण सहित नामावली उनीहरुलाई दिने र उनीहरुले आफूले गर्ने प्रकृया पुर्याएर असोज १८ गते सामान लिनका लागि चिन जान दिने र १९ गतेदेखि भन्सारबाट सामान जाँच पास गराउने निर्णय भएको छ ।

खत्रीका अनुसार तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार चिनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरु छलफलका लागि आएका थिए भने नेपालका तफएबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वमा, प्रहरी प्रमुख राजन अधिकारी, शसस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

चिनियाँ पक्षले भने थप अर्को २९ जनाको टोली तयारी अवस्थामा राख्न भनेको प्रमुख खत्रीले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ