वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन : नाफामुखी नभई व्यवसाय टिकाउन केन्द्रीत हुनुहोस्

अर्थटुडे
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाफा कमाउन मात्र नलागी बैंक टिकाउनमा केन्द्रीत हुन बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई निर्देशन दिएका छन् । मंगलबार अध्यक्षहरुसँग भर्चुअल छलफल गर्दै उनले भने, “यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्फ यहाँहरु केन्द्रित भइदिनुस् ।”

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुलाई आग्रह गरे ।

यसैगरी राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न निर्देशन दिए । “अहिले तत्कालको प्राथमिकता भनेको कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउनु हो” उनले भने, “त्यसपछि मात्र मर्जरको विषयलाई प्राथमिकता दिनुपर्छ ।”

यसैगरी गभर्नर अधिकारीले नयाँ नयाँ क्षेत्र र ग्राहकको खोजी गरेर ऋण लगानी बढाउन समेत आग्रह गरे । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिए । “अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्पm बैंकहरु केन्द्रित हुनुपर्छ ।”

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ