काठमाडौ । आईसीएफसी फाइनान्सले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतामा फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब आईसीएफसी फाइनान्सका ग्राहकहरूको खाता खल्ती बालेटसँग लिंक गरी खल्ती प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया