काठमाडौं । स्वनियमनमा चल्ने सहकारी संघसंस्थाको सर्वोच्च निकाय साधारणसभा हो । संस्थाको वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्नेदेखि संस्थाहरुका अधिकांश निर्णयहरु सदस्यहरुको सभामार्फत नै हुन्छ । सहकारीको सिद्धान्त र कानुनले समते सदस्यहरुको सभा अर्थात साधारणसभालाई उच्च महत्व दिएपनि संघसंस्थाहरुले भने यसलाई सामान्य औपचारिकताका रुपमा मात्र प्रस्तुत गर्न थालेका छन् ।
बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले समेत कानुन विपरित हुने गरी साधारणसभा बोलाएको छ । सहकारी विभागको निर्देशन विपरित साधारणसभाको कार्यसूचि राखेर नेफ्स्कूनले साधारणसभाको सूचना सार्वजनिक गरेको हो ।
निर्देशिकामा सहकारी संस्थाहरुले कार्यसूची निर्धारण गर्दा प्रत्येक प्रस्तावको छुट्छाछुट्टै शिर्षक दिनुपर्ने ‘विविध’, ‘अन्य कुनै विषय’ वा विषय प्रस्ट नखुलेको त्यस्तै प्रकारको शीर्षक समावेश गर्न नहुने व्यवस्था गरिएको छ ।
विभागले सहकारीको साधारणसभा व्यवस्थित गर्नका लागि निर्देशन जारी गर्नुका साथै ‘सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका–२०७६’ लागू गरेको छ । निर्देशिकामा सहकारी संस्थाहरुले कार्यसूची निर्धारण गर्दा प्रत्येक प्रस्तावको छुट्छाछुट्टै शिर्षक दिनुपर्ने ‘विविध’, ‘अन्य कुनै विषय’ वा विषय प्रस्ट नखुलेको त्यस्तै प्रकारको शीर्षक समावेश गर्न नहुने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्था विपरित नेफ्स्कूनले भने विविध शिर्षकको प्रस्ताव राखेर साधारणसभा आवहान गरेको छ ।
नेफ्स्कूनले कात्तिक ५ गते प्रकाशित गरेको सार्वजनिक सूचनामा साधारणसभाको लागि छलफल र निर्णायर्थ प्रस्तुत गरिने भन्दै १३ बुँदे विषय प्रस्ताव गरेको छ । जसमा अन्तिम बुँदामा कानुन विपरित ‘विविध’ शिर्षक राखेको छ ।
नेफ्स्कूनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल भने सेयर सदस्यकै लागि विविध शिर्षक राखिएको दावी गर्छन् । ‘लुकाएर प्रस्ताव पेश गर्ने संघको उद्देश्य होइन, सेयर सदस्यले कुनै प्रस्ताव ल्याउन सक्छन् भनेर त्यो ठाउ दिएको हो ।’
ऐनको र विभागको निर्देशन अनुसार नेफ्स्कूनले प्रादेशिक विस्तारिक मञ्च बनाएर भर्चुअल माध्यमबाट साधारणसभा गर्दैछ । जसमा कात्तिक कात्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म ७ वटा प्रदेको विस्तारिक मञ्च र निर्णय एकिकरण गर्न मंसिर ५ गते केन्द्रीय सभा गर्ने सूचना प्रकाशित गरेको छ ।
विभागको निर्देशिकामा साधारणसभाका लागि एक महिना अघि सूचना दिनुपर्ने व्यवस्था पनि नेफ्स्कूनले उलंघन गरेको छ । नेफ्स्कूनले कात्तिक ५ गते सूचना प्रकाशित गरेर २४ गतेबाटै साधारणसभा आवहान गरेको छ ।
प्रतिक्रिया