काठमाडौं । टोखा नगरपालिका-३ भूतखेलमा सामुदायिक फिटनेस पार्क निर्माण गरिएको छ। शारीरिक व्यायामको कमीले मानिसमा अस्वस्थता बढ्दै गएका बेला नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाइएफसी) र डिभी एजुकेसन नेटवर्कको संंयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो।
प्रोजेक्ट टेम्पल अभियान अन्तर्गत निर्माण भएको उक्त पार्कको नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार उदघाटन गरेका छन्। अभियान अन्तर्गत पहिलो पार्क टोखामा बनाइएको र अन्य यस्तै २० वटा पार्क पोखरा, बुटवललगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ।
पार्कको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस सांसद गगन थापाले बालबालिकादेखि वृद्ध–वृद्धालाई पनि शारीरिक व्यायामको आवश्यकता रहेको बताए। उनले भने, ‘नियमित व्यायाम गर्नु भनेको आफ्नो स्वास्थ्यको सुरक्षा त हुँदै हो र, एक जना नागरिक स्वस्थ रहनु देशका लागि पनि योगदान हो।’
प्रतिक्रिया