वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुटवल पुगेर चन्द्र ढकालले भने : वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ

अर्थटुडे
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गरेका छन् । आईतबार बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रममा बोल्दै उनले त्यसमा लागि आफु सक्षम र दावेदार रहेको दावी गरे ।

ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नका लागि आफूले उमेद्वारी दिएको उल्लेख गरे । व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उहाँले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने उल्लेख गरे ।

ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए । आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकाल जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउँदै ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्न नसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महासंघको ५४ औं वार्षिक साधारणसभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

निर्वाचन सहितको साधारणसभामा बरिष्ठ उपाध्यक्षका लागि ढकालसँगै किशोर प्रधानले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ