काठमाडौं । बागमती प्रदेश सहकारी संघको अध्यक्षमा रामशरण शर्मा घिमिरे निर्वाचित भएका छन् । आईतबार भएको संघको प्रारम्भिक साधारणसभाले घिमिरेको अध्यक्षतामा संचालक समिति सर्वसम्वत चयन गरेको हो ।
सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीम प्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्ण नेपाल, कृष्णप्रसाद तिमिल्सीना, दीपक जंगम, दुर्गा सञ्जेल, दुर्गा कार्की, अम्बिका थापा, मेनुका दाहाल, बिमल ढकाल र विपिन शर्मा चयन भए ।
यसैगरी नेत्रराज पौडेलको संयोजकत्वमा रहेको लेखा समितिमा लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा सदस्यमा चयन भएका छन् ।
प्रतिक्रिया