वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमई र विओके मर्ज हुदै,बराबरको हैसियतमा गाभिने,अध्यक्ष र सिइओ ग्लोवल आइएमईकै

अर्थटुडे
२०७९ असार २, बिहीबार

काठमाडौं –ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज हुने भएका छन् । विहिबार दुवै बैंकले मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुने बैंकले जनाएको छ ।

याक एण्ड यति होटलमा भएको समझदारीपत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। नयाँ बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने छ। बैंकको अध्यक्षमा चन्द्र ढकाल र प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने बिओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन्।

मर्जरसँग बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि बैंकको पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ। मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ भने ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्ते दुई बैंकबीच मर्जर सहमति भएको हो। यो सँगै ग्लोवल आइएमइ बैंकसँग मर्ज हुने बाणिज्य बैंकको संख्या तीन पुगेको छ । यसअघि ग्लोवल आइएमई बैंकसँग कमर्ज एन्ड ट्रष्ट र जनता बैंक मर्ज भएका थिए ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ