काठमाडौ–नेपाल विद्युतप्राधिकरणले सुदूरपश्चिमप्रदेशका कैलाली र कञ्चनपुरमाविद्युतखपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथावितरण प्रणालीको सञ्जालविस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधानगर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधानगर्न उच्चक्षमताका प्रसारण लाइनको निर्माण गरिने छ ।
गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगर लगायतका सहरी क्षेत्रमा न्यूनभोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरुको गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ,वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युतआपूर्ति सुधारकालागि गर्र्नु पर्ने कामका विषयमा जानकारी लिएको छ ।
टोलीले नगरपालिका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुसँग छलफल गरी गर्मी सुरु हुनु भन्दापहिलेनै विद्युतआपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसकालागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशनदिएको छ । साथै सुदूरपश्चिमकाजिल्लाहरुको विद्युतीकरणलाई उच्चप्राथमिकतामा राखी सोहीअनुसार काम गर्नसमेत निर्देशन दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रकोविद्युतआपूर्तिको समस्यालाई समाधानगर्न तत्काल र दीर्घकालीन रुपमागर्नु पर्ने कामकालागि टोली नै बनाएर अध्ययन भइरहेको बताए ।
‘३३ केभीलाइन क्षमताभन्दा बढी चलाउनु परेकाकारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोड लगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभीलाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माणतत्काल सुरु गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभीलाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्याहुँदैनं’, घिसिङले भने ।
‘अहिले कालीगण्डकीको विजुलीलामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिकालागि ल्याउनु पर्ने वाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो, यस वर्ष नै बझाङ, दार्चुलामानिर्माण भएकाजलविद्युतआयोजनाहरुको करिब एक सय मेगावाट विद्युतअत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमावितरण गर्न सकिने हुँदाभोल्टेजको समस्याधेरै समाधानहुने छ ।’
उहाँले कर्णाली, सेती, र महाकालीनदीजलााधार क्षेत्रमानिर्माण हुने जल विद्युतआयोजनाहरुको विद्युत प्रवाहकालागि ४०० केभीका प्रसारण लाइननिर्माण हुनलागेको बताए ।
लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँअत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइनअध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँअत्तरियामा ४००÷१३२ सबस्टेसन निर्माण गरिने छ ।
प्रतिक्रिया