वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थतन्त्रको दुई तिहाइ हिस्सा देउवाले चलाए: निवर्तमान अर्थमन्त्री शर्मा

अर्थटुडे
२०७९ पुष ११, सोमबार

काठमाडौ–अर्थमन्त्रालयबाट बाहिरिदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्वेवार रहेको दावी गरेका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित मन्त्री शर्माको विदाइ कार्यक्रममा उनले राजस्व कम उठ्नुमा अमुक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्वेवार रहेको बताएका हुन् ।

पछिल्लो समय विग्रदो आर्थिक अवस्थाको श्रेय पनि उनले प्रधानमन्त्री देउवालाई नै दिएका छन् । उनले आफू अर्थमन्त्री भएर पनि जम्मा एकतिहाइ अर्थतन्त्र मात्र चलाउन सकेको स्वीकार्दै बाँकी दुई तिहाई प्रधानमन्त्रीले चलाएको स्पष्ट पारे ।

उनले आफूलाई नसोधी बजेटमा ६० अर्बको सिलिङ राखिएको र सोही कारण बजेटघाटा बढेको दावी पनि गरे । उनले आफूमाथि ठूलो राजनीति गरिएको दावी गर्दै भने, ‘चालु आर्थिक बर्षको बजेट बनाउदा विचौलियाको प्रवेश गराएको भन्ने आरोप लगाएर राजनीति गरियो । ’

कर्मचारीसँग विदा हुँदै उनले भने, ‘मलाईभन्दा बढी सहयोग अब आउने नेतृत्वलाई गर्नु होला । मैले गर्दै नगरेको काममाथि राजनीति गरियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ