वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार सुरु

अर्थटुडे
२०७९ पुष २७, बुधबार

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको जनाएको छ ।

एकीकृत कारोबारको शुभारम्भका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा गरेका छन् । एकीकृत कारोबार सुरु गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष इन्भेटमेन्ट बैंककै अध्यक्ष पृथ्वी बहादुर पाँडे र प्रमूख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाँडे नै रहने छन् ।

दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।

त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने भएकी छिन् ।

एकीकृत कारोबारको सुभारम्भ गर्दै बैंकका अध्यक्ष पाँडेले बैकिङ क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहिआएका दुबैं बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तिय सुचकहरुमा अग्रता हासिल गर्न सक्षम हुने बताए । उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको पनि बताए ।

यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्घि र निरन्तरता दिँदै जाने विश्वास पनि उनले व्यक्त गरे ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४ अर्ब १२ करोड कुल पूँजी ५८ अर्ब भन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप ३६० अर्ब २ करोड तथा कर्जा लगानी ३२९ खर्ब ६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

त्यस्तैगरी एकीकृत कारोबार पश्चात बैंकको ग्राहक संख्या ३० लाख पुग्नेछन् भने बैंकको शाखा संख्या २९६ पुगेको छ । एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको पनि बैंकले जनाएको छ ।
निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ