वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिजिटल रेमिट्यान्स् प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा युएई जाने

अर्थटुडे
२०७९ फाल्गुन २, मंगलवार

काठमाडौ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहनु भएकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छिन् । इसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश “ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रवद्र्धन गर्ने उदेश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् ।

खड्का शनिवार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६ः३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहनु हुनेछ । यस्तै खड्काले दुबई स्थित अल घुराइर मलमा १९ फेबु्रअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागि हुने बताएकी छिन् ।

सो कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नु हुनेछ । त्यसै गरि २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहनेछिन् ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनि हो । अहिले इसेवा मनि ट्रान्सफरले “ मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ । साे योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । यो योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।

अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहनु भएका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताइन् । उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ