काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीयमाथि दमन गरेको आरोप लगाएका छन् । विहिबार संसदमा बोल्दै प्रचण्डले सरकारले पाथिभरामा स्थानीय बासिन्दासँग बार्ता छोडेर उनीहरुलाई दमन गरेको बताएका हुन् ।
पाथिभराको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा सरकारले सिधै दमनको बाटो रोज्ने प्रयास गरेको छ । त्यसैले म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु ।
गत मंगलबार निजी क्षेत्रसम्बद्ध नेपाल उद्याग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्सले पाथिभरा केवलकार निर्माणका क्रममा भइरहेको आन्दोलप्रति खेद जनाएका थिए ।
पाथिभरामा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको छ । ढकालले सवैकुरा केन्द्रिय स्तरमा मिलाएर गएको र स्थानीय तहका समस्याहरुमाथि वेवास्ता गरेको भन्दै बासिन्दा आन्दोल गरिरहेका छन् । उनीहरुले पाथिभरामा केवलकार बन्दा भइरहेको रोजगारी गुम्ने खतरा रहेको भन्दै आन्दोलन गरीरहेका छन् ।
प्रतिक्रिया