वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथमा ढकालको रजगज, राष्ट्र बैंकले सचेत गरायो

अर्थटुडे
२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं । राष्ट्र बैंकले मुक्तीनाथ विकास बैंकमा रजगज गर्दै आएका भरतराज ढकाललाई सचेत गराएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल सकिएपछि अध्यक्ष बनेका उनले राष्ट्र बैंकको निर्देशन विपरित काम गरेपछि सचेत गराएको हो ।

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको कैफियत भेटिएको थियो । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेश हुन पाउने छैन” भन्ने व्यवस्था उल्लङ्घन गरेकोले ढकाललाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कारवाही गरेपछि ढकालले यसअघि नै बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बैंक छोडेपछि उनी मुक्तिनाथ कृषि कम्पनीमा अध्यक्ष बनेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी पनि मुक्तिनाथ बैंकको लगानी रहेको कम्पनी हो । स्रोतका अनुसार बैंकमा अहिले पनि ढकालकै रजगज चल्ने गरेको छ । त्यसका लागि उनले आफु अनुकुलको अध्यक्ष र सिइओ बनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ