वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्वार्को फ्लाइओभर जेठभित्रै सञ्चालनमा आउने

अर्थटुडे
२०८२ जेष्ठ १२, सोमबार

काठमाडौं । ललितपरको ग्वार्कोमा निर्माणाधिन देशकै पहिलो फ्लाइओभर जेठ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । हाल फ्लाइओभर अन्तिम चरणको काम भइरहेको र जेठभित्र सवारीसाधन आवतजावतका लागि खुल्ला गरिने बताइएको छ ।

कुल १७ करोड ६ लाख रुपैयाँ लागत रहने परियोजनामा हालसम्म ८ करोड रुपैयाँ खर्च भइसकेको छ । निर्माणको जिम्मेवारी आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।
सुरुमा २०८० फागुन ११ गते काम सक्नेगरी सम्झौता भएपनि नसकिएपछि सरकारले समय थप गरेको थियो ।

फ्लाइओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भएको हो । फ्लाइओभरमा ट्राफिक लाइट जडान कार्य पनि हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ