काठमाडौ । आगामी आर्थिक बर्षको लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३० दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ ।
स्रोत व्यहोर्ने शीर्षकमा सबैभन्दा बढि नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ । भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ ।
प्रतिक्रिया