वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोच्चको फैसला : रिट खारेज, सवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति सदर

अर्थटुडे
२०८२ असार १९, बिहीबार

काठमाडौ । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिको विषयमा परेको रिट निवेदन खारेज गरेको छ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सवैधानिक इजलासको बहुमतले खारेज गरेको हो ।

न्यायाधीशहरूबीच राय बाझिएपनि बुधबार बहुमतको आधारमा रिट खारेज गर्ने निर्णय भएको हो । योसँगै ५२ पदाधिकारीहरुको नियुक्ति सदरको भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा यो मुद्दा गत जेठ २८ गतेको आदेशअनुसार बुधबारको लागि पेसी तोकेको थियो । मध्यरातमा बसेको संबैधानिक इजलासको पुर्ण बैठकमा बहुमत न्यायधिशको राय अनुसार रिट खारेज गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले संविधान संशोधन गर्दै अध्यादेशमार्फत २०७७ माघ २१ र ३२ गते, २०७८ असार १० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस तथा नियुक्तिविरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासहित १५ रिट परेका थिए ।

गत जेठ १ मा बहस सकिएपछि जेठ २८ मा नियुक्तिबारे निर्णय सुनाउने तोकिए पनि न्यायाधीशबीच पर्याप्त छलफल हुन नसक्दा निर्णय सुनाउने मिति बुधबारका लागि सारिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ