काठमाडौ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सो क्षेत्रमा रहेको २३० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु ठप्प भएका छन् । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना ठप्प भएको हो ।
मंगलबार विहान भोटेकोसी नदीमा आएको बाढीले सवैभन्दा बढी क्षती रसुवागढी आयोजनामा बढी क्षती पु¥याएको छ । त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ मेगावाट विद्युत् अहिले पूर्णरूपमा बन्द भएको छ ।
६० मेगावाट क्षमताको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाट क्षमताको त्रिशूली, १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीका कारण ती आयोजनासँग सम्बन्धित करिब २ सय ३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।
रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्किएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत आयोजना र चिलिमे जलविद्युत आयोजनामा ठूूलो क्षती पुगेको छैन तर रसुवागढी र त्रिशूली ३ ए संचालनमा आउन केही दिन लाग्छ ।’
प्रतिक्रिया