वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयात–निर्यात दुवै बढ्दा व्यापार घाटा १५ खर्ब नाघ्यो

अर्थटुडे
२०८२ श्रावण ६, मंगलवार

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वृद्धि देखिए पनि व्यापार घाटा झनै बढेको छ । आयात र निर्यात दुवै बढ्दासमेत व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।

यसैगरी निर्याततर्फ पनि सकारात्मक संकेत देखिएको छ । चालू आवमा नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ, जुन अघिल्लो आवको तुलनामा ८१.८० प्रतिशतले वृद्धि हो। अघिल्लो आवमा निर्यात १ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित थियो ।

गत आवमा कुल वैदेशिक व्यापारको २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको तुलनामा १९.२४ प्रतिशतले बढी हो ।

व्यापार घाटा अझै पनि उच्च नै रहेकाले नेपालको भुक्तानी सन्तुलनमा दबाव बढ्ने अनुमान विज्ञहरूले गरेका छन्। अर्थतन्त्रमा निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनतर्फ ठोस नीतिगत सुधारको खाँचो झनै गहिरिँदै गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ