वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेन-जी प्रदर्शन

सिंहदरवार र राष्ट्रपति निवास क्षेत्रमा कर्फ्यू थप

अर्थटुडे
२०८२ भाद्र २३, सोमबार

काठमाडौं । जेन जीहरुको आन्दोलन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यू क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कफ्र्यु लगाएको प्रशासनले थप क्षेत्रमा पनि कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू आदेश छ ।

दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

  • शिवालय क्षेत्र (राष्ट्रपति कार्यालय) : सामाखुशी वरिपरिको १०० मिटर भित्र आवतजावत निषेध।

  • हरित गृह (उप–राष्ट्रपति कार्यालय) : टेकुस्थित क्षेत्रीय कार्यालय वरपर।

  • नारायणहिटी दरबार संग्रहालय क्षेत्र : नारायणहिटी परिसर दक्षिणतर्फको जयनेपाल मोडदेखि गोरेटो हुँदै लैनचौर चोकसम्म।

  • सिंहदरबार क्षेत्र : संसद भवन, सिंहदरबार मूल गेट, पुरानो भूमिगत प्रवेशद्वार र वरिपरिको क्षेत्रलाई कडाइका साथ निषेधित क्षेत्र घोषणा गरिएको छ।

यसअघिकाे कर्फ्यू आदेशअनुसार काठमाडौं महानगरपालिका–१० भित्र पर्ने नयाँबानेश्वरको चारकिलो क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ ।

कर्फ्यू क्षेत्र सीमा:

बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिष्णुबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तर आइडलवेन्स मल हुँदै रत्नराज्य माध्यामिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिण संखमुल ओरालो हुँदै संखमुल पुलसम्म ।

प्रशासनले दुबै आदेशमा कर्फ्यू तोड्ने वा उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ