वि.सं. २०८२ आश्विन २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि बजार खुलेको ६ मिनेटमा नै बजार बन्द

अर्थटुडे
२०८२ आश्विन २, बिहीबार

काठमाडौ । सेयर बजारमा लगातार तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेपछि विहिबार बजार बन्द भएको छ । नौ कारोबार दिनपछि खुलेको बजार दोस्रो मिनेटमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो ।

त्यसपछि, २० मिनेट रोकिएर खुलेको सेयर बजारमा पुःन दोस्रो नकारात्मक सर्किट लाग्यो । पहिलो सर्किट लागेर २० मिनेपछि खुलेको बजार केही मिनेटमा नै १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो ।

दोस्रो नकारात्मक सर्किट लाग्दा नेप्से १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा झरेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेट बन्द भएर खुलेको बजारमा फेरि तेस्रो सर्किट लागेको हो । तेस्रो सर्किट लाग्दा नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा खुम्चिएको छ ।

योसँगै सेयर कारोबार बिहीबार लागि बन्द भएको छ । कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ र २० मिनेटका लागि कारोबार रोकिन्छ ।यसपछि, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ । त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर सेयर बजारमा देखिएको छ । बजार उच्च अंकले घट्ने भन्दै कतिपय लगानीकर्ताले तत्काल बजार नखुलाउन आग्रह गर्दै आएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ