काठमाडौं । नापी कार्याल बुटवलका नापी सर्वेक्षक सेवाग्राहीबाट १० हजार घुस लिँदालिँदै रंगे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय बुटवलका सर्भेक्षक जाकिर हुसेनलाई सोमबार पक्राउ गरेको हो ।
हुसेनले सेवाग्राहीको काम छिटो गरिदिनेभन्दै १० हजार घुस मागेका थिए ।
घुससहित पक्राउ हुसेनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया