काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको सुशासन तथा अनगमन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ । राष्ट्रिय सतर्कता केन्द्रको संरचनात्मक सुधार भावि योजनाबारे छलफल गर्न प्रधानमन्त्रीलाई डाकेको हो ।
समितिका सभापति शेरधन राईको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रका कायममुकायम प्रमुख अधिकृत रमेशकुमार शर्मा र अन्य पदाधिकारीहरुसँग छलफल गरेपछि समितिमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।
“भ्रष्टाचारविरुद्ध चेतना प्रवाह गर्ने र चेतावनी दिनेबाहेक केन्द्रले सुशासन प्रत्याभूतिका निम्ति खासै काम गरेको देखिएन मुख्य सचिव सरहकै अधिकार प्रत्यायोजन गरेर केन्द्रका प्रमुख अधिकृतलाई अधिकार सम्पन्न बनाउनुपर्ने देखिन्छ”, भ्रष्टाचार निवारणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारसरह केन्द्रले अख्तियारी पाउनुपर्ने विचार व्यक्त गर्दै सभापति राईले भने ।
बैठकले सभापतिलाई सूचना नदिई लगातार पाँचपटकसम्म बैठकमा अनुपस्थित हुने सभासद्हरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, प्रदीप गिरी, शेरबहादुर देउवा, विजयकुमार गच्छदार, सशाङ्क कोइराला, लीला कोइरालालगायत १८ जनालाई आगामी बैठकमा उपस्थित हुन सम्बन्धित दल र नेतालाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया