वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इटालीका लागि भिसा आवेदन काठमाडौंमा

अर्थटुडे
२०७१ माघ ८, बिहीबार

Italy flagकाठमाडौं । इटालीका लागि भिसा आवेदन अब काठमाडौबाटै दिन सकिने भएको छ । भारतको कलकत्तामा रहेको इटालीको महावाणिज्यदूतले काठमाडौंबाट भिसा आवेदन केन्द्र स्थापना थरेको हो । बुधबार कलकत्तास्थित इटालीका महावाणिज्यदूत सिसार बेलरले केन्द्रको उद्घाटन गरे ।

भारतमार्फत आवेदन दिँदा समय बढी लागेको भन्ने गुनासो आएपछि नेपालबाटै भिसा आवेदन दिन सकिने व्यवस्था गरेको उनले उल्लेख गरे । काठमाडौंबाट भिसा आवेदन दिँदा बढीमा १० दिनमा आवेदकले आफ्नो पासपोर्ट प्राप्त गर्ने महावाणिज्यदूत बेलरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ