वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरक्षित रुपमा एटीएम प्रयोग गर्ने १२ तरीका

अर्थटुडे
२०७१ फाल्गुन १८, सोमबार

1 आफ्नो एटिएम, क्रेडिट या डेविट कार्ड सुरक्षित स्थानमा राख्नुहोस् । किनकि यसमा कसैको पनि पहुँच पुग्न नसकोस् । यसलाई नदोबारनोस् र स्क्रायच हुन नदिनुहोस् ।atm

2 कार्डको पिन नम्बर कतै लेख्नुभन्दा याद गर्नु सुरक्षित हुन्छ । यदि लेख्नै प¥र्यो भनेपनि यसलाई आफ्नो पर्स, कार्डको साथमा नराख्नुहोस् ।

3  पिन नम्बर राख्दा अरुले सजिलै अनुमान लगाउन सक्ने आफ्नो जन्मदिन, फोन नम्बर, आपासमा जोडिएका नम्बर प्रयोग नगर्नुहोस् ।

4  समय–समयमा आफ्नो पिन नम्बर परिवर्तन गरिरहनुहोस् ।

5 बैंकको इमर्जेन्सी नम्बर सधै साथमा राख्नुहोस्, कार्ड हराउने वित्तीकै जानकारी गराईहाल्नोस् ।

6 एटिएम प्रयोग गर्दा सम्भव भएसम्म आफुले कार्ड लिएकै बैंकको एटिएम काउन्टरमा गर्नुहोस् । अरु बैंकका एटिएममा प्रयोग गर्दा तपाईले शुल्क बुझाउनुपर्छ भने कुनै समस्या भयो भने पनि समाधान गर्न अप्ठेरो हुन्छ ।

7  एटिएम प्रयोग गर्नुअघि राम्रोसँग ढोका बन्द गर्नुहोस्

8 एटीएममा अध्यारो स्थानमा छ, मेसीनमा पूर्ण प्रकाश आएको छैन भने प्रयोग नगर्नुहोस् ।

9 एटिएम प्रयोग गर्दा लाईनमा बसेको अर्को व्यक्तिले तपाईको पिन नम्बर, तपाईले निकालेको रकम अरुले नदेखाउनका लागि सावधानी अपनाउनुहोस् ।

10 एटिएम प्रयोग गर्न थालेपछि मोवाईलमा नअल्मलिनुहोस् । यसले तपाईको कार्ड वा पैसा लिन ढिला भई मेसिनमै फर्कन सक्छ ।

11 प्रयोग गरेपछि तपाईको कार्ड, नगद र रसिद सुरक्षित राख्नुहोस् ।

12 रसिद आफैसँग सुरक्षित राखि मासिक स्टेटमेन्टसँग मिलान गर्नुहोस् । आफ्नो खाताबाट अनाधिकृत व्यक्तिले कारोबार गरेको थाहा पाउने यो उपयुक्त तरिका हो ।

13 कार्ड या रकम एटिएमै फस्यो भने तुरन्तै बैंकलाई जानकारी गराईहाल्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ