वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामनपाका शाखा अधिकृत अधिकारी साढेतीन लाख घुस सहित पक्राउ

अर्थटुडे
२०७१ चैत्र २३, सोमबार

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ५० हजार रुपैयाँ घुस सहित काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई पक्राउ गरेको छ । aktiyarअधिकृत अधिकारीले भक्तपुरको बालकोटस्थित रिनादेवी साहको घरमा तला थप्न नक्सा पास गराइदिने कामका लागि सो रकम घुस मागेका थिए ।

उनले त्यत्तिका रकम मागेपछि अख्तियारमा अधिकारीविरुद्ध उजुरी परेको थियो । आयोगको टोलीले उजुरीको आधारमा अधिकारीलाई घुस लिइसकेको अवस्थामा ३ लाख ५० हजार रुपैयाँ सहित आइतबार पक्राउ गरेको हो । पक्राउ परेका अधिकारी बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ