काठमाडौं । प्रहरीले नक्कली नोट बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । टोखा नगरपालीका–१३ गोंगबु आकाशेपुलबाट २० वर्षिया दिपक न्यौपानेलाई नोट छाप्ने प्रिन्टर, एक हजार रुपैयाँका ८० थान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट वागेश्वरी–७ घर भएका दिपक प्राईम लाईफ इस्योरेन्सका जीवन बिमा एजेन्ट समेत हुन् । उनले नेपाली नोट मोवाईलबाट फोटो खिचिरे प्रिन्ट गर्दै बजार पठाउने गरेका थिए । उनको साथबाट मोवाईल, कैची समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका न्यौपानलेलाई खोटाचलन मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया