वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२१ लाख जरिवाना सहित १० वर्ष निलम्वनमा परे एन्फा अध्यक्ष थापा

अर्थटुडे
२०७२ कार्तिक ३०, सोमबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापा २० हजार स्वीस फ्रयांक अर्थात् नेपाली झण्डै २१ लाख जरिवाना सहित १० वर्षका लागि निलम्बनमा परेका छन् ।yuuganesh-Thapa_20140609085727666

विश्व फुटबल महासंघ (फिफा)ले उनलाई निलम्वन गरेको हो । भ्रष्टाचारको आरोपमा फिफाको अनुशासन कमिटीले एन्फा अध्यक्ष थापालाई सो कारवाही गरेको जनाएको छ ।

फिफाले सन् २००९ र २०११ को फिफा चुनाव र एसियाली फुटबल महासंघको चुनावमा थापाले भ्रष्टाचार गरेको ठहर समेत गरेको छ ।

मलाई अन्याय गर्यो : थापा

अध्यक्ष गणेश थापाले फिफाले आफूलाई अन्याय गरेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मैले आज बिहान फिफाको अनुसाशन कमिटीले मलाई १० वर्षका लागि फुटबलबाट प्रतिवन्ध लगाएको जानकारी पाएँ । म एकदमै निराश छु र मलाई यसमा न्याय भएको जस्तो लाग्दैन ।’

उनले आफूलाई निर्दोष सावित गर्नका लागि लड्ने समेत बताएका छन् । उनले आँफुलाई कारबाही गर्नुको कारण माग्ने पनि र मुद्दा हाल्ने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ