काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालिन निमित्त प्रमुख रहेका सुभाष निरौलाले अदालतलाई समेत अटेर गरेका छन् । बोर्डको अनियमितता सम्बन्धि मुद्दामा उनलाई विषेश अदाललतले बयानका लागि पेशी तोकेपनि ९ महिनासम्म हाजिर हुन गएका छैनन् ।
निरौलालाई पटक पटक बयानका लागि समय दिएपनि हाजिर हुन नगएपछि पुस १४ गतेको पेशी तोकिएको विषेश अदालतका उपरजिष्टार जगन्नाथ पौडलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा बार्डका २३ जना कर्मचारीविरुद्ध चैत २० गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो । कारोबार दैनिकबाट
प्रतिक्रिया