काठमाडौं । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ । अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो ।
अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनीरुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।
फ्रान्स, बेलायत, जर्मनी, जापान, अष्ट्रेलिया, नेदरल्याण्डजस्ता समृद्ध देशका नागरिकसमेत नेपालमा अबैधरुपमा बस्दै आएको खुलेको छ । उनीहरुबाट सरकारले एक वर्षमा करिव साढे दुई करोड रुपैयाँ भन्दा बढी जरिवाना असुलेको छ ।
प्रतिक्रिया