काठमाडौं । एकीकृत नेकपा माओवादीका सांसद रहेका ल्याक्याल लामाको छानविनमा रहेका अख्तियारका अधिकारीहरु त्यतिवेला दंग परे जतिवेला उनीहरुले लामाको लकरबाट सुनको ठाउँमा १४ थान गोली भेटे ।
दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा लामाले सुन राख्नका लागि भन्दै लकर सेवा लिएका थिए । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका लामालाई बैंकमा रहेको लकर खोल्नका लागि अख्तियारका अधिकारीहरुले बैंकमा बोलाएका थिए ।
लामा लकर खोल्न भनी दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा गएर लकर त खोले तर त्यहाँबाट सुन हैन अख्तियारका कर्मचारीहरुले १४ थान गोली भेटे ।
उनको लकरबाट गोली भेटेपछि अख्तियारका कर्मचारीहरुले उनलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गमा प्रहरीको जिम्मा लगाएका छन् ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार ‘बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पर्यो ।’
गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्ग्स्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । लामालाई हातहतियार खरखजना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीले काम थालेको छ ।
प्रतिक्रिया