वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोलखाको सैलुङ र क्यानडाको सिन्हामटनबीच मितेरी

अर्थटुडे
२०७२ चैत्र २, मंगलवार

सैलुङ (दोलखा) । दोलखाको सैलुङ र क्यानडाको नायग्रा फल्सनजिक रहेको सिन्हामटन गाउँबीच मितेरी सम्बन्ध कायम भएको छ । क्यानडाका अर्गानिक अभियन्ता मास्टर सेफ माइकल स्ट्याडल्यान्डर र उनकी श्रीमती नोबुयु स्ट्याल्यान्डर समावेस भएको मंगबार आयोजित कार्यक्रममा सैलुङ सिन्हामटनबीच मितेरी लगाइएको हो ।Sailung photo

क्यानडाको ख्यातिप्राप्त अर्गानिक हिरो उपाधिसमेत पाएका मास्टर सेफ माइकल स्ट्याडल्यान्डरले विगत दुई दशकदेखि सिंघमटमलाई अर्गानिक गाउँमा परिणत गरेका छन् ।

उनले खानी उत्खननबाट सो गाउँलाई बचाउने अभियान नै चलाइ जैविक खेतीलाई प्रबद्र्धन गरी क्यानडाभरिमै उत्कृष्ट अर्गानिक गाउँमा परिणत गरेका थिए । उनले सोही गाउँमा आफ्नो लोकप्रिय अर्गानिक रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन् ।

“नेपाल प्राकृतिक सौन्दर्यले विश्वलाई नै मन्त्रमुग्ध बनाउने देश हो, यहाँको परम्परागत जैविक विधिमा आधारित खेती प्रणालीबारे मैले सुन्दै आएको छु,” सेफ माइकलले भने ।

तर, आधुनिक विषादी र रसायनिक मलहरूको प्रयोगले जैविक विविधता र बाली विविधतामा असर पारेको छ । हामी मिलेर नेपालमा परम्परागत आधुनिक विषादीरहित खेती र पर्यावरणमा आधारित पर्यटन सँगै अगाडि बढाउन सक्छौ ं।

सिंघमटम टु सैलुङ’ अभियानको घोषणा गर्दै कार्यक्रमबीच दुई देशका गाउँहरूबीच मितेरी लगाइएको हो । सेफ स्ट्याडल्यान्डरले सैंलुङका किसानहरूलाई आफ्नो मौलिक र परम्परागत खेती प्रणालीलाई बचाउँदै पर्यटन प्रबर्द्धन गर्न सघाउने बताए ।

रैथानी बालीमा नेपाल धनी भए पनि त्यसलाई बचाउने पहल नभएको र देखासिकी गर्दै अनावश्यक रसायनिक मल र कीटनाशकको बढी प्रयोग गर्दा ती रैथाने बीउबिजन र बाली नष्ट भएको देखेपछि क्यानडाली अर्गानिक अभियन्ता स्ट्याल्यान्डर स्तब्ध भएका थिए । उनले यदि नेपालको मौलिक पहिचानलाई बचाउने हो भने परम्परागत जैविक खेतीप्रणाली फर्कनुको विकल्प नरहेको बताए ।

क्यानडा सेफ कंग्रेसका संस्थापकसमेत रहेका स्ट्याडल्यान्डरले रसायनिक मल, आधुनिक विषादी प्रयोग नगरीकनै यहाँको पर्यटन र पर्यावरणलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने अभियानका आयोजक गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले जानकारी दिए ।  सन् २०२० सम्ममा सैलुंगेश्वर गाविसलाई ’इको भिलेज’मा परिणत गर्ने लक्ष्यअनुसार यो अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ