वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षाको लागि वातावरण पनि अनुकुल हुनुपर्छ भन्ने सन्देश दिदै शिक्षान्तर अभियान 

अर्थटुडे
२०७३ बैशाख २१, मंगलवार

काठमाडौं । एकीकृत परिवर्तनका लागी संस्था–नेपाल नामक संस्थाले सिन्धुपाल्चोकको श्री फलाँटेश्वर प्रा.विद्यालयमा “शिक्षान्तर अभियान”कार्यक्रम गरेको छ । IMG_9450

दुईदिने शिक्षान्तर कार्यक्रममा विद्यालयलाई कसरी रंगरोगन गर्ने, बिद्यालयको भौतिक संरचना व्यवस्थापन, बगैचा निर्माण, कक्षाकोठामा कार्पेट तथा चकटी बिच्छ्याउने लगायतका कलात्मक शिपहरु सिकाएको थियो । त्यस्तै सोही कार्यक्रममा संस्थाले अन्य सजाबटका सामग्रीहरु पनि दिएको थियो ।

सो कार्यक्रमलाई सर्भिस ट्रिप नेपाल, सी एस आइ टी एसोसीयसन अफ नेपाल, एप्पल इन्टरनेसनल स्कुल, यार्ट गु्रप र आसा मन्दिर स्कुलले समेत सहयोग गरेको थियो ।

संस्थाले ६० जना विद्यार्थीहरुलाई खेलकुदका सामग्री साथै कापी, कलम लगायतका अन्य सामग्रीहरु पनि प्रदान गरेको थियो । महाभुकम्प पछि विद्यालयमा गर्न आएको सहयोगमध्ये यो कार्यक्रम एकदमै नौलो भएको र यस्ता कार्यक्रम अझै आवश्यक भएको विधालयका प्रध्यानाध्यापक लम्बरीप्रसाद आचार्यले बताए ।

एकीकृत परिवर्तनका लागी सामाजिक संस्था–नेपालले थालेको शिक्षान्तर अभियान सम्बन्धी यो कार्यक्रम पहिलो भएको र यस्ता अन्य थुपै्र कार्यक्रमहरु गर्ने लक्ष्य संस्थाले लिएको संस्थाका सचिव सन्तोष परियारले बताए । उनले शिक्षा प्राप्त गर्नको लागि वातावरण पनि अनुकुल हुनुपर्छ भन्ने मुल सन्देश दिनको लागि सो अभियान चलाएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ