वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेदेशिक रोजगार विभाग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र केही ट्राभल एजेन्सीमा प्रहरीको छापा, चारजना पक्राउ

अर्थटुडे
२०७३ बैशाख २७, सोमबार

काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले बैदेशिक रोजगार विभाग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा केही ट्राभल एजेन्सीहरुमा छापा मारेको छ । छापा मानेक्रममा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ ।1538793_223819541145951_8833435248704939208_n

पहिलो पटक विदेश जान लागेकाहरुलाई ‘रि—इन्ट्री’को स्वीकृति दिएको भन्दै प्रहरीले विभागको ताहाचलस्थित श्रम कार्यालय र त्रिभुवन विमानस्थलमा छापा मारी चार जनालाई पक्राउ गरेको हो । रि—इन्ट्रीको स्टिकर मिलाइदिने धन्दामा संलग्न रहेको आरोपमा श्रम विभागका पूर्वकर्मचारी र ट्राभल एजेन्सी सन्चालकलाई पक्राउ गरेको हो ।

प्रहरीले हिमालय रेडपाण्डा टुर्स एण्ड ट्राभल, इन्टरनेश्नल ट्रेड लिंक म्यानपावर, सिटि टुर एण्ड ट्राभल लगाएतका ट्राभल एजेन्सीमा पनि प्रहरीले छापा मारेको छ ।
ति ट्राभल एजेन्सीहरुले विदेश जान खोज्नेहरुलाई रि—इन्ट्रीको स्टिकर टाँसिदिनेदेखि होलोग्राम बनाइदिनेसम्मको धन्दा गरेको भेटिएपछि छापा मारिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा श्रम विभागबाट कार्वाहीमा परेर जागिर छाडेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी संचालकहरु अमृत ढकाल, राजेश ढकाल र फडिन्द्र तामाङ रहेका छन् ।

पहिलो पटक वैदेशिक रोजगारमा जान लागेकाहरुलाई रि—इन्ट्रीको स्टिकर दिइएको, र व्यक्तिगत रुपमा रोजगारको लागि ओमान जान लागेकोलाई पनि श्रम स्वीकृत दिएको भेटिएपछि विभागमै छापा मारिएको प्रहरीको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ