वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वसाधरणले थप तीनवटा दरवारहरु अवलोकन गर्न पाउने

अर्थटुडे
२०७३ बैशाख २८, मंगलवार

काठमाडौ । अव सर्वसाधरणले थप तीनवटा दरवारहरु समेत अवलोकन गर्न पाउने भएका छन् । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेपछि सर्वसाधरणले पनि तीनवटा दरवार अवलोकन गर्न पाउने भएका हुन् ।ratna mandir

नेपाल ट्रस्टको कार्यालयका अनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौडा) रहेका छन् ।

गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, स्वदेशी नागरिकलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि ५००, स्वदेशी नागरिकलाई ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई २५ निर्धारण गरिएको छ ।

यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि १००, स्वदेशी नागरिकका लागि २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि १० शुल्क निर्धारण गरिएको छ । निकट भविष्यमा नै अन्य दरबार पनि अवलोकन गर्नको लागि अनुमति दिने तयारी गरेको पनि नेपाल ट्रष्टले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ