वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिभिजन भ्रष्टाचार प्रकरणः पुर्वमन्त्री डा.रिजालमाथि पनि छानविन हुने

अर्थटुडे
२०७३ असार १२, आईतवार

काठमाडौं । नेपाल टेलिभिजनमा भएको भ्रष्टाचारको विषयलाई लिएर तत्कालिन सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालमाथि पनि छानविन हुनुपर्ने आवाज उठेको छ ।

minendra rijalसार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा नेपाल टेलिभिजनभित्र भएको भ्रष्टचार छानविनमा तत्कालिन मन्त्रीको भुमिका हुनुपर्नेमा नभएकोले उनीमाथि पनि छानविन हुनुपर्ने माग उठेको हो ।

बैठकमा नेकपा एमालेका सांसद विकास लम्सालले नेपाल टेलिभिजनभित्र भएको भ्रष्टाचारका दोषीलाई कारबाही नहुनुमा तत्कालीन सञ्चारमन्त्री डा. रिजाल मुख्य दोषी रहेको बताए ।

पटक—पटक गठन भएका छानविन समितिले भ्रष्टाचार भएको औंल्याए पनि तत्कालीन सञ्चारमन्त्री डा. रिजालले दोषीमाथि कारवाही नगरेको भन्दै यस विषयमा उपसमिति गठन गरी कारवाही नगरिनुको कारण पत्ता लगाइनुपर्ने उनले माग गरे ।

लम्सालले रिजालमाथि चाकडी गरेर मन्त्री भएको तथा मन्त्री पद खुस्केपछि अरुमाथि दोष थोपरेर उम्किन खोजेको आरोप लगाउँदै यस्तो नेतृत्वको विकल्प खोज्नुपर्ने बताए ।

समितिकै सदस्य रहेका पूर्व सञ्चारमन्त्री डा. रिजालले विना तथ्य आफूमाथि भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिएको भनेर आरोप नलगाउन चेतावनी दिए । उनले विना तथ्य सीमा बाहिर गएर मुक्का हान्न खोजे समितिले कामै गर्न नसक्ने चेतावनी दिए ।

समितिले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने जिम्मेवारीमा बसेकाहरुमाथि छानविन गर्ने निर्णय गरेको छ । समितिका सभापति जनार्दन शर्मा ‘प्रभाकर’ले छानविन समितिले भ्रष्टाचारमा संलग्न भनेर किटान गरेकालाई जिम्मेवारीबाट हटाउन निर्देशन दिने तथा भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने जिम्मेवारीमा बसेकाहरुमाथि छानविन गर्न उपसमिति गठन गर्ने निर्णय सुनाएका हुन् ।

नेपाल टेलिभिजन र सञ्चार मन्त्रालयले गठन गरेका छानविन समितिले टेलिभिजनमा करिब ९ करोड रुपैयाँको नक्कली बैंक ग्यारेण्टी देखाएर भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । तर, भ्रष्टाचारमा संलग्न भएका भनिएकाहरुमाथि हालसम्म कुनै कारवाही भएको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ