वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल माइक्रोफाइनान्सको ३ लाख कित्ता साधारण सेयर आजदेखि खुल्ला,हेर्नुहोस् कहाँ कहाँबाट पाइन्छ आवेदन

अर्थटुडे
२०७३ श्रावण १६, आईतवार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले सर्वसाधरणका लागि ३ लाख कित्ता साधारण सेयर आजदेखि खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित साधारण सेयरमध्ये १२ हजार कित्ता साधारण सेयर कमचारीहरुका लागि सुरक्षित गरिएको र १५ लाख कित्ता सेयर सामुहिक लगानी कोषको लागि जारी गरिएको जनाएको छ ।ipo

कम्पनीले जारी गरेको साधारण सेयरको आवेदन छिटोमा यही साउन १९ गते र ढिलोमा साउन ३० गते बन्द हुने छ भने आवेदन भर्दा सर्वसाधारणको हितग्राही खाता अनिवार्य रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा एनआइवीएल क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधरणलाई आवेदन दिनका लागि सहज होस् भनेर उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्थानहरुबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यी स्थानहरुबाट पाइन्छ आवेदन 

सर्वसाधारणले एनआइविएल क्यापिटल मार्केट्स लिको मुख्य कार्यालय लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य कार्यालय दरवारमार्ग, सो बैंकका शाखा कार्यालयहरु न्युरोड, पुतलीसडक, ठमेल, कालिमाटी, बत्तिसपुतली, गोंगबु, लगायतका सम्पुर्ण शाखा कार्यालयहरुबाट र उपत्यका बाहिरका पनि इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै नेसनल माइक्रोफाइनान्सको प्रमुख कार्यालय धादिङ, गोर्खाज फाइनान्स लिमिटेड डिल्लीबजार, शाखा कार्यालयहरु बैद्ध , न्युरोड सातदोवाटो, सुर्यविनायक, दमक, धरान, इटहरी, नारायणगढ र विर्तामोड बाट पनि आवेदन दिन सकिने छ ।

त्यसैगरी सिनर्जी फाइनान्स कमलादी तथा शाखा कार्यालयहरु गोंगबु, पोखराको न्युरोड र बुटवलको मिलनचोकबाट पनि आवेदन दिन सकिने छ । कम्पनीका अनुसार साझा विकास बैंक, धनगढी, कैलाली तथा शाखा कार्यालयहरु टिकापुर र महेन्द्रनगरबाट आवेदन लिन सकिने वयवस्था गरिएको बैंकले जनाएको छ ।
धादिङबेसीमा मुख्य कार्यालय रहेको सो कम्पनी नेपाल राष्ट्र बैंककबाट घ वर्गको इजाजत प्राप्त कम्पनी हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ