वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यसकारण घट्यो सेयर बजार

अर्थटुडे
२०७३ आश्विन ६, बिहीबार

काठमाडौ । पछिल्लो समय सेयर बजार ओरालो लागेको छ । हप्ताको पहिलो दिनदेखि नै बजार ओरालो लागिरहेको हो ।  करिव दुई हप्ता उकालो लागेको बजार डेढ हप्तादेखि ओरालो लागेको छ । भने कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा धमाधम बोनस र हकप्रद सेयर प्रदान गरिरहेका बैंक तथा वित्तिय संस्था र विमा कम्पनीको सेयरमुल्य नकारात्मक हुदा सेयर बजार ओरालो लागेको हो । पहिले त बोनस र हकप्रद सेयर जारी हुदा भाउ बढ्थ्यो तर अहिले त धमाधम घट्न थालेको छ बजारलाई बुझ्न निक्कै कठिन भयो एक लगानीकर्ता प्रज्वल श्रेष्ठले भने ।
कतिपय कम्पनीहरुले रा्रमो लाभांस दिइरहेको छन् तर ति कम्पनीहरुको सेयर मुल्यमा पनि गिरावट आइरहेको छ । सेयरबजार विष्लेषक हरीवोल काफ्लेका अनुसार बजार घट्नुमा मुख्य कारण भनेको सेयर धितो कर्जामा व्याज बढाउन सक्ने संकेत हो । बजारमा तरलताको अभाव देखिन थालेको छ । गत आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च न्युन भएका कारण बजारमा पर्याप्तत तरलता छैन त्यसैले बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन थालिसकेको छन् । निक्षेपको व्याजदर बढाउदा कर्जाको व्याजदरपनि बढ्ने छ त्यसैको परिणाम स्वरुप बजार घट्न थालेको उनले बताए । त्यसैगरी बजार घट्नुमा लगानीकर्ताहरुले अपेक्षा गरेभन्दा कम्पनीहरुले कम लाभांस दिएका कारण पनि लगानीकर्ताहरु बजारमा आकर्षित नभएका हुन् ।
त्यसैगरी काफ्लेले विभिन्न कम्पनीहरुले हकप्रैद सेयर जारी गरिरहेका छन् बजारबाट रकम हकप्रद सेयर भर्नका लागि प्रयोग भएको र दुई सातायता दुईवटा म्याचुअल फन्डमा करिव १० अर्व रकम गएकोले पनि बजारमा रकमको अभाव भइ बजार घटेको उनले तर्क दिए ।
त्यसो त बजार चाडपर्वको मुखमा  घट्ने गरेको छ । अहिले दशै र तिहार आउन लागेकोले पनि लगानीकर्ताहरु चाडपर्व मनाउनको लागि रकम जोहो गर्ने भएकोले पनि बजार घटेको उनको दावी  ।
ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्न्द्रजंग सिँजापतिले भने फरक धारणा राखे । उनका अनुसार बजार एक—दुई महिनापछि प्रायजसो घट्ने टे«न छ । केही समयता ४१ वटा कम्पनीहरुले लाभांस घोषणा गरेका छन् । लगानीकर्ताहरु ति कम्पनीको नाफा बुक गर्ने हेतुले आफ्नो सेयर विक्रि गरेका कारण बजार ओरालो लागेको उनको भनाइ छ । अझ भनौ लगानीकर्ताहरु प्रोफिट बुकिङतिर लागेकाले बजार ओरालो लागेको हो । उनले बैंक तथा वित्तिय संस्थाहरुले सेयर कर्जामा व्याज बढाएपनि त्यसको असर यत्ति छ्ट्टिै बजारमा नदेखिने बताए । बजार विहिबार पनि ओरालो लागेको छ । यस दिन कारोबार पनि ९० करोडको हाराहारीमा मात्र भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ