वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बलत्कारको घटना मिलेमतोमा मेरो संलग्नता छैन : वडा अध्यक्ष तामाङ

अर्थटुडे
२०७५ पुष २०, शुक्रबार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ वडाअध्यक्ष मानबहादुर तामाङले वडामा भएको बलत्कारको घटना मिलेमतोमा आफ्नो सलग्नता नरहेको बताएका छन् । अर्थटुडेमा प्रकाशित समाचारमा खण्डन गर्दै उनले भनेका छन् : —

त्यस अर्थ टुडे डटकम अनलाइनले मंसिर ११ गते “ वडा अध्यक्षकै मिलिमतोमा लुकाइयो बलात्कारको घटना” शीर्षकमा मेरो नाम समेत समावेश गरि समाचार प्रकाशित भएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । म मेरो जिम्मेवारी र कार्यक्षेत्रप्रति जानकार छु । लामो समयदेखी समाजसेवा गर्दै आज वडा अध्यक्षमा निर्वाचित भएको हुँ । बलात्कार जस्तो गम्भिर घटना वडामै मिल्न सक्दैन भनि प्रहरीलाई म आफैले खबर गरेको थिएँ । पीडित पक्षलाई प्रहरीमा खबर गर्न आग्रह गर्दै दोषीलाई कारवाहीको लागि लागिपरेको हुँ । तर मै माथी ३० हजारमा मिलाइयो बलात्कारको घटना भनी समाचार सम्प्रेषणले मेरो चरित्रहत्या गर्ने र नियोजित रुपमा समाचार सम्प्रेषण भएको हो की भन्ने लागेको छ । तर मलाई एक चोटी फोन नगरि फोन लागेन भन्दै एकपक्षीय समाचार सम्प्रेषण जिम्मेवार मिडियाले गर्न मिल्छ कि मिल्दैन ? फोन सम्पर्क गरेको भए कुन नम्वरमा कति चोटी गरियो त्यो जानकारी पाए आभारी हुने थिएँ ।

तपाईको जिम्मेवार सञ्चारमाध्यमले यो घटना इलाका प्रहरी कार्यालयमा किटानी जाहेरीपछी घटनामा संलग्न ब्यक्ति प्रहरी नियन्त्रणमा आएको कुरा किन थाहा पाएन ? यदी गाउँमै मिलाइएको थियो भने कसरी प्रहरी समक्ष किटानी जाहेरी पर्यो ? यो बारेमा कुनै अध्ययन नै नगरी दोषीलाई कारवाही हुनुपर्छ भन्ने र त्यसको लागि प्रहरीलाई खबर गरि सहयोग गर्ने ब्यक्तिलाई उल्टै घटना मिलाउन ३० हजार भनि समाचार लेख्नु अत्यन्तै आपत्तिजनक रहेकोले खेद प्रकट गर्दछु । आगामी दिनमा सत्यतथ्य समाचार सम्प्रेषण गरि सञ्चारमाध्यमको धर्म पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ