वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युवायुवतीले अश्लिल भिडियो बनाउन थालेपछि टिक-टकलाई प्रतिबन्ध

अर्थटुडे
२०७६ बैशाख ४, बुधबार

एजेन्सी । भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो । मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो ।

गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ ।

‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ । फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएका छन् ।

बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो । ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ