काठमाडौ । मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि काठमाडौंको बबरमहल वरपरका सरकारी कार्यालयहरु डुवानमा परेका छन् । काठमाडौ जिल्ला अदालत अगाडी पाइप फुटेपछि वन परिसर, विशेष अदालत, काठमाडौ जिल्ला अदालत लगायतका कार्यालयहरुमा पानी पसेर काममा समेत अवरोध भएको छ ।
काठमाडौं महानगर प्रहरीका अनुसार पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको थियो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालतको भुइतला सवै डुवेको छ, कागजपत्र पनि डुवानका परेको छ भने भइरहेको मुद्धाको सुनुवाइ पनि रोकिएको छ । सो पानी प्रसुतिगृह वरपर पनि डुवानमा पर्न सक्ने भएकोले उच्च सुरक्षा सतर्कता पनि अपनाइएको छ ।
प्रतिक्रिया