वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्टमा

अर्थटुडे
२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं । नेपाल वीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना आवेदक छोटो सूचि (सर्टलिस्ट) मा परेका छन् । अर्थ मन्त्रालयले गठन गरेको अध्यक्ष छनोट समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला र रामशरण पुडासैनी र शरद् ओझालाई अन्तर्वार्तामा बोलाएको हो ।

छनोट सूचिमा परेका उम्मेदवारको फागुन १० गते अर्थ मन्त्रालयमा व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ता हुनेछ ।

प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि पदबाट स्वत निलम्बन भएका थिए । रिक्त रहेको अध्यक्ष पदपूर्तिका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समितिले गठन गरेको थियो ।

समितिले पुस २६ गते १५ दिनको समय राखेर आवेदन आह्वान गरेकोमा १२ जनाको आवेदन परेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ