वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राज्यकोषमा अनावश्यक भार पर्नेगरी पुर्वविशिष्टहरुलाई सुविधा दिइदैनः गृहमन्त्री

अर्थटुडे
२०८१ चैत्र ४, सोमबार

काठमाडौ । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्नेगरी कानून बनाउन लागिएको स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै सर्बोच्च अदालत र महालेखा परिक्षकको कार्यालय र संसदीय समितिले नै कानुन बनाएर मात्र पुर्व विशिष्टहरुलाई सुविधा दिन पाउने भएपछि सो गर्न लागिएको स्पष्ट पारे ।

उनले भने, ‘सर्वोच्च अदालतले कानून बनाउ, विधायिकी अधिकारबाटै कानून बनाउ अध्यादेशले होइन र नेपाल सरकारको निर्णयले सुविधा नदेउ भन्यो । महालेखा परिक्षकले त्यही भन्यो, संसदीय समितिले त्यही भन्यो ।’ ‘पटक पटक मस्यौदा बनेपनि कानूनको रुप लिन सकेन । म के आग्रह गर्न चाहान्छु भने कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिने कुरा जाती हो कि सदनबाट कानून बनाएर दिने कुरा जाति हो ? पूर्वविशिष्टहरुलाई सुविधा प्रदान गर्दा राज्यकोषमा अनावश्यक भार पर्नेगरी गरिने छैन ।’उनले भने ।

त्यस्तै उनले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताए । उनले यस कदमको चौतर्फी आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट गत माघ ९ गते पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धमा बनेको विधेयक तर्जुमाका लागि तयार भएको अवधारणा भएको अवधारणा पत्रमा स्वीकृति प्राप्त गरी विधेयक तर्जुमा सम्बन्धमा प्रारम्भिक कार्य शुरु भएको छ ।’

मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ