काठमाडौ । नेकपा माओवादीका केन्द्रिय नेता रेवतराज पुरी भनिने गगनपुरी सहित ९ जना भ्रष्टाचारी ठहर भएका छन् । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा पुरी सहित ९ जनालाई विशेष अदालतले बुधबार भ्रष्टाचारी ठहर गरेको हो ।
झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ ।
यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया