वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेढ अर्ब लगानीमा रारामा लक्जरी रिसोर्ट

अर्थटुडे
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं । डेढ अर्ब रुपैयाँ लगानीमा मुगुको रारा ताल नजिक लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । रारा ताल घुम्न आउने पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न रिसोर्ट बन्न लागेको हो । मुगुस्थित छायानाथ रारा नगरपालिका–९ मा बन्ने रिसोर्ट र तालको दुरुी २ किलोमिटर रहेको छ ।

मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्सले निर्माण गर्न लागेको रारा रिसोर्टको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौंबाट डिजिटल माध्यमबाट शिलान्यास गरे ।

गत वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुर्माटपमा लक्जरी रिसोर्ट बनाउने गरी सम्झौता भएको थियो । ८० रोपनीमा निर्माण हुने रिसोर्टमा १ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । दुई वर्षभित्र वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ बताइएको छ ।

डिजाइनअनुसार रिसोर्टमा ६० कोठा, एउटा सुइट, ४ डिलक्स र बाँकी ३५ वटा स्ट्यान्डर्ड रुम रहनेछन् । पहिलो चरणमा ४० कोठा र १२ भिल्ला तयार गर्ने योजना छ । रिसोर्टमा १ सय जना क्षमताको रेस्टुराँ, स्पा, हेलिप्याडलगायत सुविधा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ