वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना प्रभाव : रेमिट्यान्स ५० प्रतिशत घट्यो, बढ्न थाल्यो महंगी

अर्थटुडे
२०७७ जेष्ठ ५, सोमबार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको संक्रमण रोक्न गरिएको लकडाउनको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्था सम्बन्धी प्रतिवदेनले चैत महिनामा रेमिट्यान्स ५० प्रतिशतले घटेको छ भने महंगी बढ्न थालेको औल्याएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको फागुनको तुलनामा चैतमा रेमिट्यान्स ५६ प्रतिशतले घटेको छ । फागुन महिनामा ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा चैतमा ३४ अर्ब रुपैयाँ मात्र भित्रिएको छ ।
वार्षिक तुलननामा पनि चैतमा रेमिट्यान्स ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको बृद्धिदर २० प्रतिशतको थियो ।

यसैगरी २०७६ चैतमा मूल्यवृद्धिदर ६.७४ प्रतिशत पुगेको छ । फागुनमा मूल्यवृद्धिदर ६.७० प्रतिशत थियो भने अघिल्लो वर्षको चैतमा ४.४४ प्रतिशत थियो ।

२०७७ चैतमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । तर, निर्माण सामाग्रीको मूल्य भने घटेको छ राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ