वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार ओरालो लाग्ने क्रम रोकिएन, साताको सुरुवातमा नै ४३.३७ अंकले ओरालो लाग्यो नेप्से

अर्थटुडे
२०७३ फाल्गुन १, आईतवार

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेको छ । आइतबार पनि सेयर बजार परिसुचक (नेप्से) ४३.३७ अंकले ओरालो लाग्यो । बजारलाई प्रभाव पार्ने धेरै तत्वहरु रहेको सेयर बजार विश्लेषकहरु बताउँछन् । बजार विश्लेषक हरीवोल काफ्लेका अनुसार एकातिर विभिन्न बाणिज्य बैंहरुले तरलता अभावका कारण बढी व्याज तिरेर निक्षेप उठाइरहेका छन् । अर्कोतर्फ निक्षेपको व्याज बढ्दा कर्जामा पनि व्याज बढ्ने तथा मार्जिन लेन्डिङमा कर्जा दिन बैंकहरुले बन्द गरेका कारण पनि त्यसको असर बजारमा पर्यो ।

बजारलाई हल्लाले पनि ओरालोतिर लाने गरेको छ उनले भने —‘ लगातार बजार ओरालो लागेपछि लगानीकर्ताहरु आत्तिएर विक्रि गर्नतिर लागेकोले पनि बजार घट्न थप मद्धत पुगेको हो ।

बजार बढेका बेला जोशिएर लगानी गर्नेहरू घटेका बेलामा बेच्न हतार गर्छन् । यसले पनि बजारको मनोविज्ञानमा अरु असर गर्छ । बैंकबाट कर्जा लिएर लगानी गर्नेलाई मार्जिन कलको चिन्ता हुने भएकाले पनि बिक्री गर्न हतारिने प्रवृत्ति बढेको छ, काफ्लेले भने ।
आइतबार १३२ कम्पनीको १३ लाख नौ हजार ८८५ कित्ता सेयर ४९ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ ।
यसदिन सवैभन्दा बढी बिमा समुहको ३४६.१४ अंकले ओर्लिएको छ । त्यस्तै वाणिज्य बैंक सूचक पनि ४५.४५ विन्दुले तल झरेको छ । आइतबार विकास बैंक ३१.०२, जलबिद्युत ६२.८४, फाइनान्स १२.८६ र अन्य उपसुचक ६.०७ अंकले ओरालो लागेको छ । त्यस्तै घटेको बजारमा पनि होटल समूह भने १५.४ अंकले ओरालो लागेको छ ।
सबैभन्दा बढी कारोबार प्रभु बैंक,एनबी बैंक, डिप्रोक्स, नेपाल लाइफ र स्ट्याण्र्डड चार्टड बैंकको भएको छ ।
यसदिन कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, गुह्श्वरी मर्चेन्ट, सोल्टी होटल, जेविल्स फाइनान्स र प्रभु बैंकको संस्थापक लगानीकर्ताहरु रहेका छन् ।
त्यस्तै गुमाउनेहरुमा प्राइम लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, राप्तीभेरी, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका लगानीकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ